किसानले भेटाए अहिले सम्मकै ठूलो र अचम्मको गुफा, जसभित्र छ एकदमै अनौँठो संसार

198

एजेन्सी । भियतनामका एक किसानले नेसनल पार्कमा भेटाएको एउटा गुफाले बैज्ञानिकलाई समेत अचम्मित तुल्याएको छ। उक्त गुफा उनले देख्नु भन्दा पहिला कसैले देखेका थिएनन्।

सन् १९९१ मा उनले उक्त गुफा भेटाएका थिए। उक्त गुफालाई सबै भन्दा ठूलो गुफा पनि भनिदै आएको छ। गुफा भेटाएका किसानको नाम खान्ह थियो। उनी उक्त सार्कमा केही हप्तासम्म घुम्दै आएका थिए। उक्त बेला उनले अचानक एउटा गुफा भेटाए। उनी त्यही गुफा हेर्न गुफा भित्र छिरे।

त्यसपछि उनले त्यहाँ अलगै संसार देखे। उक्त गुफा भित्र उनले नदीको आवाज सुने, त्यती मात्रै हैन उनले उक्त गुफाभित्र तिब्र हावा चलेको आवास समेत सुने।

त्यसपछि उनी डराए र त्यहाँबाट बाहिर निस्किए। त्यस घटनाको केही दिनपछि उनको भेट ब्रिटिस केव रिसर्च एसोसिएशनका अनुसन्धान कर्ता डेब लिम्बर्टसँग भयो। उनले भेटमा नेशनल पार्कको बारेमा सुनाए। उक्त दौरानका क्रममा लामो समयसम्म उनीहरुले उक्त गुफाका बारेमा सत्यता बाहिर ल्याउन सकेनन्। तर २००८ मा किसान फेरि दोस्रो प्रयास गरे त्यसपछि उनले त्यहाँसम्म पुग्ने बाटो भेटाए । र उनै अनुसन्धान कर्ताको सहयोग लिएर उक्त गुफा भित्र पसे। र गुफाका बरेमा अनुसन्धान गर्न सफ बने।

यस्तो छ गुफा भित्र
उक्त गुफा अन्य गुफा भन्दा निकै फरक छ। गुफाभित्र जानका लागि करिब २६२ किलोमिटर तल जानु पर्छ। उक्त गुफा ५ किलो मिटर लामो । यो गुफा यती ठूलो छ की जुन भित्र नदी, जंगल तथा अलगै मौसम समेत रहेको छ। उक्त गुफामा विभिन्न किसिमको जनावर समेत बस्ने गर्दछन्। उक्त गुफाको सुन्दरता शब्दमा समेत बयान गर्न नसकिने अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

यो पनि पढ्नु होस:-काठमान्डौ , नारायणी नदीमा पानीजहाज सन्चालनको सम्भाव्यतासम्बन्धी पहिलो चरणको अध्ययन सुरु भएको छ । जल तथा ऊर्जा आयोगको सचिवालयले मंगलबारबाट पहिलो चरणको अध्ययन सुरु गरेको हो ।चितवनको दासढुंगादेखि नेपाल–भारत सिमानामा पर्ने गण्डक ब्यारेजसम्म करिब ९० किलोमिटर क्षेत्रमा नारायणी नदीको गहिराइ नाप्ने काम भइरहेको हो । आवश्यक तथ्यांक संकलन गरिसकेपछि प्रारम्भिक अध्ययन गर्ने र त्यसको आधारमा अर्को वर्ष विस्तृत अध्ययनको काम अघि बढाउने योजना रहेको जल तथा ऊर्जा आयोगको सचिवालयका सहसचिव ऋषिराम शर्माले जानकारी दिए ।

नाप जाँचको सम्पूर्ण काम एक महिनाभित्र सम्पन्न गरिसक्ने लक्ष्य राखिएको छ । दुई दिनको अवधिमा १५ किलोमिटर क्षेत्रमा प्रारम्भिक अध्ययन सकिइसकेको छ । अहिलेसम्म कममा ३ देखि बढीमा १२ मिटरसम्म गहिरो स्थान फेला परेको अध्ययन टोलीले जनाए को छ ।‘सबै अध्ययन सकिइसकेपछि कुन प्रकारको जहाज चलाउने भन्ने टुंगो लाग्ने छ । ठूलो जहाज चलाउने नै भए ड्याम बाध्नुपर्ने पनि हुनसक्छ,’ अध्ययन टोलीमा संलग्न परामर्शदाता इनोभेटिभ इन्जिनियरिङ सर्भिसेज प्रालिका प्रवन्ध निर्देशक अनुप खनालले भने, ‘यद्यपि अहिलेको हाम्रो प्रारम्भिक अध्ययन गहिराइ नाप्ने मात्र हो ।’

नारायणी नदीको गहिराइ नाप्न डीजीपीएस प्रणालीमा चल्ने इको साउन्डर र मोटरबोट जस्ता आधुनिक उपकरणको प्रयोग गरिएको छ ।यो मेसिन यसअघि भेरी बबई बहुउद्देश्यीय परियोजनामा पहिलो पटक प्रयोग गरिएको थियो र सफल पनि भएको थियो।खनालका अनुसार यो अन्तर्रा्ष्ट्रिय स्तरको प्रविधि हो र यसले गर्ने नापजाँच विश्वासिलो हुन्छ । यो मेसिनलाई डुंगा र्वा याफ्टिङ बोटमा जडान गरी सजिलैसँग नदी वा तालको गहिराइ नाप्न सकिन्छ । नारायणी नदीमा अहिले पानीको बहाव बढेकाले मोटर बोटमा जडान गरेर गहिराइ नाप्ने काम भइरहेको छ ।

Comments are closed, but trackbacks and pingbacks are open.