यसरी खुल्यो पाँचथर हत्याकाण्डको मखुण्डोधारी हत्याराको रहस्य खुल्यो, गाउँले चकित, (भिडियो सहित)

1,665

पाँचथर । नेपाल कै बिरलै घटनाहरु जस्तै पछिल्लो समय भएको एउटा निकै दर्दनाक र दुखद् घटनाहरुमा दर्ज भएको छ जुन पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेमा विभत्स तरिकाले दुई परिवारको ९ जनाको सामूहिक हत्याकाण्डले नेपाललाई रुवाएन मात्रै चिन्तामा पनि रोखेको थियो ।

जेठ ६ गते राति पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेमा विभत्स तरिकाले दुई परिवारको ९ जनाको सामूहिक हत्या भएको छ । हत्या हुनेहरुमा ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, आठ वर्षीया मुना शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, बमबहादुरकी श्रीमती र १२ वर्षीया आशिका खजुम लिम्बू रहेका छन् ।

आक्रमणमा १२ वर्षीया किशोरी सीता खुजुमले भने भागेर ज्यान जोगाउन सफल भइन् । आक्रमणकारीको पञ्जाबाट भागेर ज्यान जोगाउन सफल भएकी किशोरी सीताले मुकुन्डो लगाएर आएको व्यक्तिले हत्या गरेको प्रहरी समक्ष बयान दिइन् ।सीता बमबहादुर फियाकको नातिनी हुन् । सीता मामाघर आएकी थिइन् । आक्रमणबाट सीता पनि गम्भीर घाइते भएकी छिन् । उनको दायाँ हात भाँच्चिएको छ । उनको हाल दमकमा उपचार भइरहेको छ ।

राती नै हत्या भए पनि प्रहरीले हत्याबारे बिहान मात्र खबर प्राप्त गरेको थियो । खबर प्राप्त हुनासाथ नजिकैको प्रहरी टोली घटनास्थल पुगेको थियो । घटनास्थलमा पुगेको प्रहरी टोलीले घटनाको सामान्य अनुसन्धान गरिरहँदा सोही गाउँपालिकामा अर्को खबर आयो – वडा नम्बर ७ मा एक युवक झुण्डिएको अवस्थामा भेटियो ।

प्रहरीको एउटा टोली त्यतैतिर सोझियो । प्रहरीले मिक्लाजुङ गाउँपालिका –७ मा एक युवकको झुण्डिएको अवस्थामा शव देख्यो । प्रहरीले लगत्तै अनुसन्धान थाल्यो ।प्रहरी अनुसन्धानको क्रममा झुण्डिएर आत्महत्या गर्ने व्यक्तिको पहिचान भयो –मानबहादुर माखिम । मानबहादुर हत्या गरिएका ७४ वर्षीय बमबहादुर फियाकका कान्छा ज्वाइँ रहेको खुल्यो ।

प्रहरीका अनुसार घटनामा बाँच्न सफल सीता मानबहादुरको सालीकी छोरी हुन् । यस्तै मिक्लाजुङ गाउँपालिका–३, आरुबाेटेमा भएको विभत्स हत्याकाण्डमा भागेर ज्यान जोगाएकी १२ वर्षीया सीता खजुमको सम्पूर्ण जिम्मा प्रदेश–१ को सरकारले लिएको छ ।

उनी गएको जेठ ६ गते राति २ घरमा भएको विभत्स हत्याकाण्डमा भागेर बाँच्न सफल भएकी थिइन् । प्रदेश–१ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोको पहलमा सीतालाई शिक्षा तथा पालनपोषणका लागि प्रदेश सरकारले जिम्मा लिएको हो ।

सीतालाई सुनसरीको इटहरी उपमहानगरपालिका–१९ मा अवस्थित शहिद स्मृति आवासीय विद्यालयको कक्षा–९ मा भर्ना गरिएको प्रदेश सांसद सीता थेबेले बताए ।

Comments are closed, but trackbacks and pingbacks are open.