रेल तथा पानीजहाजलाई एक खर्ब ७३ अर्ब , काठमाडौँमा मोनोरेल र मेट्रोरेल !

245

काठमाडौँ : सरकारले रेल तथा पानीजहाज सञ्चालनका लागि एक खर्ब ७३ अर्ब बजेट विनियोजन गरेको छ ।

सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले रेल तथा पानीजहाज सञ्चालनका लागि सो रकम विनियोजन गरिएको जनाकारी गराएका हुन् ।

उनले राजधानीमा मोनोरेल र मेट्रोरेल सञ्चालनका लागि ७ अर्ब ७० करोड विनियोजन गरिएको बताए ।

यस्तै विभिन्न सडकहरुको आवधिक मर्मत तथा स्तरोन्नतिको लागि सरकारले पेट्रोल र डिजेलमा थप शुल्क लिने भएको छ।

Comments are closed, but trackbacks and pingbacks are open.