कम्युनिस्ट सरकारका कारण अबका चार वर्षमा देश बर्बाद हुने छ : गगन थापा

103

दमौली : नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले कम्युनिस्ट सरकारका अबका चार वर्षमा देश बर्बाद हुने चेतावनी दिएका छन्। स्थापना दिवसका अवसरमा नेविसंघले दमौलीमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै थापाले अहिलेका सरकारका गतिविधिले त्यस्तै शंकेत गरेको बताए।

उपयुक्त वातावरण अभावमा अहिले उद्योग धन्दा बन्द हुन थालेको भन्दै थापाले अबका चार वर्षमा यो संख्या अझै बढ्ने बताए।उनले भने, ‘लेखेर राख्नुस् अबका चार वर्षमा अझ धेरै उद्योग धन्दा बन्द हुँदैछन्।रोजगारी पनि घट्नेछ।’

नेता थापाले सरकार अझ अनुदार बन्ने र भावी दिनको चुनाव पनि नाम मात्रको हुने आशंका गरे। चीनको अवस्था फरक भएको भन्दै उनले कुनै पनि कम्युनिस्टको नेतृत्व भएको मुलुकले समृद्धि हाँसिल नगरेको जिकिर गरे। अझ हाम्रो प्रधानमन्त्रीको आदर्श हुन् सेन हुन्,’ उनले भने, ‘प्रधानमन्त्री देशलाई क्याम्बोडिया बनाउन चाहँदै हुनुहुन्छ।’

गणतन्त्रवादी नेता थापाले देशमा केही भएन भनेर व्यवस्था परिवर्तन गर्नु नपर्ने भन्दै यही व्यवस्थामा सही विचारले नेतृत्व गरे मात्र देश बदलिने बताए। यसका लागि क्षमता भएका व्यक्तिले नेतृत्व पाउनुपर्ने उनले बताए।अन्नपूर्ण पोस्टमा खबर छ

Comments are closed, but trackbacks and pingbacks are open.