‘प्रधानमन्त्री ओलीलाई ५० लाख दिए मारिदिन्छु’ भनेर कमेन्ट गर्ने युवक पक्राउ

53

काठमाडौं महानगरीय अपराध महाशाखाले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री केपी ओलीबारे तल्लोस्तरमा लेख्ने एक जनालाई पक्राउ गरेको छ । महाशाखाको टोलीले नेपाली खबर अनलाइनमा ‘कमेन्ट’ गर्ने सिन्धुपाल्चोकका ३४ वर्षीय लालबहादुर तामाङलाई आज बानेश्वरबाट पक्राउ गरेको हो ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुल थापाले सामाजिक सञ्जालको दुरुपयोग गरी त्रास फैलाउने कार्यमा संलग्न रहेकाले तामाङलाई पक्राउ गरिएको जानकारी दिए । अभियुक्त तामाङलाई विद्युतीय कारोवार ऐन २०६३ को दफा ४७ बमोजिम आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको महाशाखाले जनाएको छ ।

सिन्धुपाल्चोक स्थायी घर भई डिल्लीबजारमा किराना पसल सञ्‍चालन गरिरहेका लालबहादुर तामाङ रहेको अपराध महाशाखा प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए ।

उनले ‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीमाथि हमला’ भन्दै सामाजिक सञ्‍जालमा लेखेको स्टाटसमा ‘दश लाख दिए प्रधानमन्त्री ओलीलाई मारिदिने’ भन्‍दै प्रतिक्रिया दिएका थिए । एसएसपी थापाका अनुसार उनलाई साइबर अपराध मुद्दाअर्न्तगत कारबाही गरिने भएको छ ।From mixkhabar

Comments are closed, but trackbacks and pingbacks are open.