बधाई !!! २४ औँ पटक सगरमाथा आरोहण गरे कामिरिता शेर्पाले

54

काठमाडौँ । कामिरिता शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथा २४ औं पटक चढेका छन् ।सोलुखुम्बु थामेका कामीरिता शेर्पाले मंगलबार बिहान ६ बजेर ३८ मिनेटमा २४ औं पटक सगरमाथा आरोहण गरेका हुन् । उनले गएको बुधबार २३ औं पटक सगरमाथा आरोहण गरेका थिए ।

सबैभन्दा बढी पटक सगरमाथा आरोहणको किर्तिमानी कायम गरेका शेर्पाले आफ्नै किर्तिमानी तोडेका हुन् । उनले मंगलबार बिहान २४ औं पटक सगरमाथा आरोहण गरेको पर्यटन विभागका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जनाएका छन् । कामिरिता शेर्पाले २५ पटक सगरमाथा चढेर सन्यास लिने घोषणा गरिसकेका छन् ।

Comments are closed, but trackbacks and pingbacks are open.