टिभिएसका मोटरसाइकल अब नेपालमै बन्ने !

148

काठमाडौँ – टिभिएसका मोटरसाइकल तथा स्कुटर अब नेपालमै बन्ने भएको छ। नेपालमा टिभिएसका दुई पांग्रे बिक्रीवितरणको जिम्मा पाएको जगदम्बा मोटर्सले टिभिएसका मोटरसाइकल तथा स्कुटरको नेपालमै एसेम्बल गर्ने तयारी गरेको हो।

नेपालमै एसेम्बल गर्नका लागि सम्भाव्यता अध्ययनको काम पनि सम्पन्न भैसकेको र प्रशासनि तथा अन्य काममा कम्पनी लागिपरेको जगदम्बा मोटर्सले जनाएको छ।

नेपालमै एसेम्बल भएपछि टिभिएसका मोटरसाइकल तथा स्कुटरको मूल्य केहि सस्तो हुने कम्पनिले विश्वास राखेको छ। साथै यसले रोजगारी सिर्जनामा योगदान पुर्याउने कम्पनिको दाबि छ।

टिभिएसका सबै मोटरसाइकल तथा स्कुटर भन्दा पनि शुरुमा लोकप्रीय मोडलहरु एसेम्बल बताइएको छ। यस भन्दा अगाडी बजाजले मोटरसाइकलहरु नेपालमै एसेम्बल गर्दै आएको छ।

Comments are closed, but trackbacks and pingbacks are open.