छातिमा हात राखी कर्मचारीले खाए चुरोट, सुर्ती र रक्सी नछुने कसम !

23

जिल्लाका सरकारी कार्यालयका कर्मचारीले रक्सि, चुरोट र सुर्ती सेवन नगर्ने प्रतिबद्धता जनाएका छन् । प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले उनीहरूलाई सेवन गर्नेछैन भन्ने ५ प्रतिबद्धताको शपथ खुवाए का हुन् ।

शपथमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, पुतलीबजार नगरपालिका, स्थानीय तहका स्वास्थ्य प्रमुख, अस्पतालका प्रमुख तथा चिकित्सक, विभिन्न सरकारी कार्यालयका प्रमुख तथा सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधि सहभागी थिए ।

धूमपान र मध्यपान नगर्न सहभागीलाई शपथ खुवाउँदै प्रजिअ निरौलाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निकालेको मेरो वर्षु पुस्तिकामा म रक्सी, चुरोट र सुर्तीजन्य पदार्थ खान्नँ भन्ने शपथ रहेको जानकारी गराए ।

म नियमित व्यायाम गर्छु, स्वस्थ र पोसिलो खाना खान्छु, नियमित स्वास्थ्य परीक्षण गराउँछु र मेरो परिवार र समुदायको स्वास्थ्यप्रति सजग रहन्छु भन्ने शपथमा छ ।

निरौलाले सबै वाक्य पढेर सहभागीलाई शपथ खुवाएका थिए । हामीले आजदेखि रक्सी, चुरोट र सुर्तीजन्य पदार्थ नखाने प्रतिबद्धता जनाएका छौं, उनले भने, यो एक प्रकारको कसम हो । कार्यालयमा मात्र होइन, घरमा पनि लागू गर्नुस् ।

आफू स्वस्थ रहन प्रतिबद्धता र आफ्नो प्रतिबद्धतामा कार्यान्वयनको खाँचो रहेको उनको भनाइ छ । जेठ ३ रक्तचाप दिवसका अवसरमा आयोजित कार्यक्रममा नसर्ने रोगका बारेमा जानकारी गराइएको थियो ।

पुतलीबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रुद्रप्रसाद मल्लले ५ प्रतिबद्धताको पालना आफूले मात्रै नगरी कार्यालय, परिवारमा पनि लागू गर्नुपर्ने बताए । ‘म, मेरो कार्यालय र परिवारमा सकेसम्म लागू गर्छु,’ उनले भने ।

Comments are closed, but trackbacks and pingbacks are open.