अब देखी मोटरसाइकल चालक र पछाडि बस्ने दुबैले अनिवार्य हेलमेट लगाउनुपर्ने

52

काठमाडौं । सडक दुर्घटना न्यूनीकरर्णको लागि मोटरसाइकल चालक र पछाडि बस्ने व्यक्ति दुबै जनाले हेलमेट लगाउनुपर्ने भएको छ ।

महानगरीय ट्राफिक महाशाखाका अनुसार मोटरसाइकलको पछाडि बस्ने व्यक्तिले पनि हेलमेट लगाउनुपर्ने व्यवस्था लागू गर्न लागेको हो । आइतबार गरेको पत्रकार सम्मेलनमा दुर्घटना न्यूनिकरणका लागि पछाडि बस्नेले पनि हेलमेट लगाउनु पर्ने व्यवस्था ल्याएको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ ।

दुई पांग्रे सवारीका कारणबाट भएको दुर्घटनालाई कम गर्नको लागि पनि यस्तो व्यवस्था लागु गर्न लागि बताइएको छ । अब आउन लागेको नयाँ सवारी ऐन अनुसार हेलमेट पनि आईएसओ मान्यता प्राप्त मात्र प्रयोग गर्नुपर्ने भएको छ ।

Comments are closed, but trackbacks and pingbacks are open.