पेट्रोलियमको मुल्य घट्यो

130

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । निगमले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा २ र डिजेल, मट्टितेलमा १–१ रुपैयाँ घटाएको हो ।

भारतीय आयल निगमले पठाएको मूल्य सूची अनुसार इन्धनको मूल्य घटेको छ। पेट्रोल पदार्थको स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि अनुसार मूल्य घटाएको आयल निगमले जनाएको छ । निगमले नयाँ मूल्य शुक्रवार राति १२ बजेदेखि लागू हुने जानकारी दिएको छ।

Comments are closed, but trackbacks and pingbacks are open.