साहिद कपुर र कियारा अद्वानी अभिनित फिल्म ‘कविर सिंह’ को ट्रेलर सार्वजनिक

64

एजेन्सी- फिल्म ‘कविर सिंह’ को ट्रेलर सार्वजनिक भएको छ । यस फिल्ममा साहिद कपुर र कियारा अद्वानीको मुख्य भुमिका रहेको छ । फिल्मलाई सन्दीप रेड्ड्री भाङ्गाले निर्देशन गरेका छन् भने यस फिल्ममा कविरको भूमिकामा साहिदले अभिनय गरेका छन्।

फिल्ममा आफ्नो प्रेमिकाको विवाह अरुसँग हुँदाको दुखद पिडालाई फिल्मको ट्रेलरमा देखाइएको छ । फिल्म कविर सिंह अर्जुन रेड्डी को ऑफिशियल रीमेकमा बनेको छ । यस फिल्मको प्रोडक्शन भने भूषण कुमारले गरेका हुन् ।
यस फिल्मको ट्रेलर रिलिज भएपछि सामाजिक संजालमा राम्रो प्रतिकृया पाएको जनाइएको छ । फिल्म जुन २१ देखि प्रदर्शनमा आउदैछ ।

Comments are closed, but trackbacks and pingbacks are open.