४ करोड फलोअर्स पुगेपछि फुरुगं भएकी प्रियंकाले आफ्ना फ्यानहरुलाई भिडियो सार्वजनिक गर्दे यस्तो भनिन्

83

एजेन्सी बलिउड चर्चित नायिका प्रियंका चोपडा बलिउडबाट हलिउडसम्म सफल यात्रा गरेकी नायिका हुन् । उनको इन्स्टाग्राममा बुधवार चार करोड फलोअर्स पुगेको छ । ४ करोड फलोअर्स पुगेको अवसरमा प्रियंकाले सबै फलोअर्सलाई धन्यवाद दिंदै एक भिडियो सार्वजनिक गरेकी छिन् ।

उनले सार्वजनिक गरेको भिडियोमा निकै खुसि देखिएकी छिन् । प्रियंकाले सामाजिक संजालमा आबद्ध हुने सबै फलोअर्स आफ्नो सफरको सहयात्री र इन्स्टा परिवार भएको बताएकी छिन् । आफु भन्दा दस बर्ष कान्छा संग विहे गरेकी उनि पहिरनको कारण पनि ट्रोल बन्ने गरेकी छिन् । प्रियंकाको क्रियाकलापलाई पछ्याउने धेरै रहेछन् भन्ने उनको चार करोड फलोअर्स पुग्नुले बुझ्न सकिन्छ । उनि बलिउडमा निकै छाएकी कलाकार हुन् । जसको सामाजिक संजालमा यती धेरै फलोअर्स पुगेको छ ।

Comments are closed, but trackbacks and pingbacks are open.