नायिका बर्षालाई पहिलो सन्तान छोरीको चाहना (भिडियो सहित)

77

सात वर्ष लामो प्रेम सम्बन्धलाई अभिनेत्री वर्षा राउत र अभिनेता संजोग कोइरालाले विवाहमा परिणत गरेका छन् । प्रेमजोडीहरुका लागि निकै महत्वपूर्ण दिन मानिने भ्यालेन्टाइन डे मा उनीहरुले अग्नीलाई साक्षी गरेर सँगै मर्ने सँगै बाँच्ने कसम खाएका हुन् ।

‘सन्सा’ जोडीको राजधानीको पाँचतारे होटल र्‍याडिसनमा दुवैतर्फका परिवारको उपस्थिति मा हिन्दू परम्परा अनुसार विवाह भएको छ । ७ वर्ष अगाडि वर्षा र संजोगको भेट फिल्म ‘सरी ल’ को अडिसनको क्रममा भएको थियो ।

पहिलो भेटबाटै उनीहरु एकअर्कासँग नजिक भए । उनीहरुले पहिलो पटक एकसाथ फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ मा सँगै काम गरेका छन् । तर, यो फिल्म प्रदर्शनमा आएको छैन ।

नायिका वर्षाले अबको ४/५ वर्ष बच्चा नजन्माउने बताए पनि पहिलो सन्तान छोरिको इच्छा व्यक्त गरिकी छिन । उनले भनिन ‘हामीले अहिले बच्चाको योजना बनाएको छैन बच्चाको लागि ४/५ बर्ष कुर्नु पर्छ ।’

भिडियो

Comments are closed, but trackbacks and pingbacks are open.