जब दुई खुट्टाले उभिएर गोहीले यसरी घरको घण्टी बजाएपछि..

80

एजेन्सी – अमेरिकाकी एक महिला भर्खरै दक्षिण क्यारोलिना राज्यको नयाँ घरमा सरेकी सरेकी थिइन्।न्युजर्सीबाट कारेन अल्फानो क्यारोलिनास्थित नयाँ घरमा सरेकी उनी नयाँ घरमा सर्न पाउदा निकै खुशि थिइन् ।घरमा आनन्दले बसेकी उनी एकदिन घर बाहिर निस्कने सोचिन र निस्किइन।जब उनी घर फर्किइन्, उनले घर बाहिर अनौठो एक दृश्य देखिन।

 

उनको घरको घण्टी एक गोहीले बजाउने प्रयास गरिरहेको थियो ।त्यो देख्दा उनी निकै अचम्ममा परिन् ।उनले गोहीका कार्य भिडियोमा कैद गरेर सार्वजनिक गरेकी छन्।भिडियोमा गोही दुई खुट्टामा उभिएर घरको घण्टी बजाउने प्रयास गरिरहेको देखिएको छ। अहिल उक्त भिडियो निकै भाइरल भइरहेको छ ।अगाडिका हात लामो भएको भए गोहीले घण्टी बजाउने उनले बताएकी छिन् ।उनले यो दृश्य पहिलो पटक देखेको भन्दै यो रमाइलो क्षण भएको बताएकी छिन् ।

Comments are closed, but trackbacks and pingbacks are open.