आइपिएल खेलेर नेपाल फर्किए लगत्तै नेपाली बलर सन्दीप लामिछानेले किने यति महँगो बाइक , मुल्य सुन्दा नै चकित पर्नुहुनेछ

46

काठमाडौं – नेपाली बलर सन्दीप लामिछानेले नयाँ मोटरसाइकल किनेका छन् । इन्डियन प्रिमियर लिग खेलेर नेपाल फर्किएलगत्तै उनले नयाँ मोटरसाइकल किनेका हुन् ।उनले ट्वीटर मार्फत बाइक किनेको जानकारी दिएका हुन् ।उनले ट्वीटरमा बाइकसहितको फोटो पोस्ट गर्दै परिवारमा नयाँ सदस्य थपिएको बताएका छन् । उनले शेयर गरेको फोटोमा फ्यानहरुले उनलाई बधाइ दिएका छन् ।

उनले बिएमडब्लु कम्पनीको ३१० आर मोडलको ३१३ सिसीको बाइक किनेको बताइएको छ । नेपाली बजारमा उक्त बाइक ९ लाख ७५ हजार रूपैयाँ पर्ने बताइएको छ ।बिएमडब्लुको आधिकारिक बिक्रेता हिमालयन मोटराड नारायणचौर नक्सालका व्यापार प्रतिनिधिले सन्दीपले सोमबार सोही सो रूमबाट बाइक किनेको बताइका छन् । यस्तै इन्डियन प्रिमियर लिग अन्तर्गत यो सिजनबाट सन्दीप लामिछानेले ५५ लाख रुपैयाँ पाउने भएका छन् ।उनले दिल्ली क्यापिटल्सबाट ५५ लाख रुपैयाँ पाउने भएका हुन् ।

Comments are closed, but trackbacks and pingbacks are open.