एभिन्युज टेलिभिजनको कार्यालयमा मुखमा कालोपट्टी बाँधेर आएका युवाहरुले गरे तोडफोड

59

पर्सा । वीरगञ्जस्थित एभिन्युज टेलिभिजनको कार्यालयमा तोडफोड भएको छ ।एभिन्युज टेलिभिजनको कार्यालयमा मुखमा कालोपट्टी बाँधेर आएका केही युवाहरुले तोडफोड गरेको बताइएको छ । एभीन्युज टेलिभिजनको सकस राजनीति कार्यक्रममा समाजवादी पार्टीका अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादव पाहुनाका रुपमा आएका थिए ।


उक्त कार्यक्रममा उपप्रधानमन्त्री उपेन्द्र यादवले कार्यक्रम सञ्चालक पत्रकारको प्रश्नको जवाफ नदिइ माइक फुकालेर बिचमै अन्तर्वार्ता छोडेर हिँडेपछि आलोचना भइरहेकै बेला टेलिभिजनको कार्यालयमा तोडफोड भएको बताइएको छ ।मुखमा कालोपट्टी बाँधेर आएका युवाहरुले गरेको तोडफोड गरे बाट टेलिभिजनका ढोका तथा झ्यालका सिसा फुटेको पर्सा प्रहरीले जनाएको छ । तोडफोडमा संलग्न व्यक्तिको पहिचान हुन नसकेको बताइएको छ ।

Comments are closed, but trackbacks and pingbacks are open.