जेठाजुले खुकुरी प्रहार गर्नु अघि घर भन्दा केहि पर पानी लिन गएकी थिइन अन्जना , तर पानी पनि भन्न नपाइ छोड्नु पर्यो संसार

262

काठमान्डौ – मानिस चेतनशील प्राणि हो । मानिसमा दया माया पक्कै हून्छ ।तर कुनै यस्ता पनि हुन्छन् जो निकै निर्दयी हुन्छन् ।उनीहरु मानबको रुपमा राक्षसरुपी हुन्छन् । यस्तै ललितपुरको एक घटनाले सबैलाइ निराश बनाएको छ ।ढोलाहिटी निवासी ३५ वर्षीय उज्ववल महत ९जेठाजु०ले बुहारी २५ वर्षीया अञ्जना लामालाई खुकरी प्रहार गरी हत्या गरे । क्यानाडा जाने तयारिमा रहेकी अञ्जना लामाको जेठाजुले नै खुकरी प्रहार गरी हत्या गरे ।छिमेकीका अनुसार घटना घट्नु अगाडी उज्ववल छिमेकीको पसलमा पत्रिका पढेर फर्किएकी थिइन् ।

अञ्जनाको हत्या हुनु अघि उनी घर भन्दा केहि पर पानी लिन गएकी थिइन ।त्यति बेला अन्जनाकी सासु आमा सुतेकी थिइन एक्कासी छोराले आमा मैले उसलाई काटे भन्दै बोलाए । पारिवारिक श्रोतका अनुसार उनले पहिले काम गरेको ठाउ बाट बारम्बार धम्कि आउने गरेको थियो । बिहीबार भाइ अफिस गइसकेपछि उनले बुहारीमाथि नै खुकुरी प्रहार गरे। बुहारीलाई हत्या गरेपछी खुकुरी बरन्डामा राखे । खुकुरी प्रहार भएको कोठा पूरै रगतले छोपिएको थियो ।प्रहरीका अनुसार टाउको र हातमा सयौँ पटक खुकुरी हानेकाले घाँटी छिन्नै लागेको थियो।भने अभियुक्त महतको एउटा औंला काटिएको प्रहरीले जनाएको छ ।

Comments are closed, but trackbacks and pingbacks are open.