आङ नै सिरिङ हुने घटना : उच्च शिक्षा लिएको भन्दै श्रीमतीको एउटा हातका सबै औला नै छिनाए यी निर्दयी श्रीमानले

95

एजेन्सी – मुटु चर्किने एक अचम्म घटना घट्यो ।एक पतिले श्रीमतीले उच्च शिक्षा लिएको भन्दै श्रीमतीको एउटा हातका सबै औला नै छिनाईदिएका छन् ।आङ सिरिङ हुने यो घटनाले सबैलाइ अचम्म पार्यो ।ईर्ष्यालु पतिले म मास्टर डिग्री मेहनत गरेर पढ्छु भन्ने सोचेर विश्वविद्यालय भर्ना भएकी पत्नीको एउटा हातका सबै औला नै छिनाईदिए ।अहिले औला छिनाउने पति जेलमा छन् ।

श्रीमतीले अनुमतिबिना मास्टर डिग्री अध्ययन शुरू गरे पछि श्रीमानले जंगिएर हातका सबै औला काटिदिएका हुन् ।३० बर्षका रफीकुल इस्लामले आफ्नै २१ बर्षकी पत्नीको औला काट्नका लागि पत्नीको आँखामा पट्टी बाँधेर मुखमा टेप लगाइदिए ।त्यसपछी ती राक्षस श्रीमान्ले सरप्राइज गिफ्ट दिँदैछु भन्दै ५ वटै औला छिनाईदिए । त्यसपछी काटिएका औला उनले फोहोरको थुप्रोमा लुकाईदिए ।

ता की फेरी डाक्टरको सहायताले ती औला जोड्न नपाउन् ।यो घटना बंगलादेशको हो । बांग्लादेशका पुलिस प्रमुख मोहम्मद सलाउद्दीनले बताए अनुसार श्री इस्लामलाई राजधानी ढाकाबाट गिरफ्तार गरिएको छ ।पिडित युवतीले भनिन् उनले चेतावनी दिएका थिए यदि पढाई सुरु गरे त्यसको परिणाम भयानक आउनसक्छ । घर आएपछि नभन्दै त्यस्तै भयो ।

Comments are closed, but trackbacks and pingbacks are open.