भारतीय प्रधानमन्त्री मोदीको मेकअपमा मासिक सवा करोड खर्च !

89

काठमाडौं । भारतमा अहिले निर्वाचन आचारसंहित लागू भएको छ । आगामी केन्द्रीय सरकारको नेतृत्व चयन गर्ने लोकसभाको निर्वाचन भइरहेकाले त्यहाँ चुनावी आचारसंहिता लागू भएको हो । तर, यही बेला सामाजिक सञ्जालमा प्रधानमन्त्री नरेन्द्र मोदीको मेकअप गरेको भिडियो भने भाइरल भइरहेको छ । जुन तस्विरमा प्रधानमन्त्री मोदीको मेकअपमा एक युवती खटिरहेकी छन् । सो भिडियो र तस्विरसँगै उल्लेख भएका विषयले सबै मानिसको ध्यान तानेको छ ।

अधिकांश सामाजिक सञ्जाल प्रयोगकर्ताले यो भिडियो शेयर गर्दै मोदीको मेकअपमा मासिक एक करोड २८ लाख नेपाली रुपैयाँ( ८० लाख भारतीय रुपैयाँ) खर्च हुने गरेको उल्लेख गरेका छन् । आरटीआइ प्रयोग गरी यो जानकारी प्राप्त गरेको उनीहरुले बताएका छन् । तर, वास्तविकता भने फरक छ ।

यो भिडियो सन् २०१६मा बेलायतको राजधानी लन्डनस्थित म्याडम तुसाद म्युजियमले तयार पारेको हो । म्युजियममा विश्वका प्रभावशाली नेताहरुको प्रतिमा राख्ने गर्छ । यसैका लागि मोदीको प्रतिमा बनाउने तयारीका क्रममा यो भिडियो बनाइएको थियो । म्युजियमले त्यसैबेला यो भिडियो युट्युबमा राखेको थियो । मोदीको मेकअपमा कति खर्च हुन्छ भन्ने विषयमा पनि आरटीआइ परेको नपाइएको बिबिसी हिन्दीले जनाएको छ ।

Comments are closed, but trackbacks and pingbacks are open.