रोनाल्डोले फ्रान्समा अहिलेसम्मकै सबैभन्दा ठूलो होटल खोल्ने, यस्ता हुनेछन् विशेषता

86

काठमाडौं। पोर्चुगिज फुटबलर क्रिस्टियानो रोनाल्डोले आफ्नो नामबाट अर्को सुविधासम्पन्न होटल खोल्ने तयारी गरेका छन् । होटल व्यवसायमा सिआर–७ ब्रान्डले स्थापित उनले फ्रान्सको पेरिसमा नयाँ होटल खोल्न लागेका हुन् ।

रोनाल्डोले यसअघि विश्वका प्रमुख सहरहरूमा पाँच होटल खोलिसकेका छन् । पेरिसमा खोल्ने भनिएको उनको नयाँ होटल छैटौं हुनेछ । यसअघि रोनाल्डोले सुविधासम्पन्न चारतारे र पाँचतारे होटल खोलिसकेका छन् ।

खबरअनुसार रोनाल्डोले यो होटल पोर्चुगिज होटल समूह पेस्टानासँगको साझेदारीमा बनाउने छन् । सो कम्पनीसँग मिलेर रोनाल्डोले यसअघि पनि होटल सञ्चालनमा ल्याइसकेका छन् ।

पेरिसमा खोल्न लागिएको होटल पेरिस सहरको गौचे नदीनजिकै बन्ने छ । हालसम्मकै सबैभन्दा ठूलो भनिएको यो होटल २ सय १० कोठाको हुनेछ । यो होटल सन् २०२१ सम्मा निर्माण पूरा गरेर सञ्चालनमा ल्याइनेछ ।

Comments are closed, but trackbacks and pingbacks are open.