घरमा साङ्ग्लाले सतायो ? साङ्ग्ला, जुम्रा, मुसा भगाउन देखि सर्प को बिष मार्न सम्म अत्यन्तै उपयोगी छ तेजपत्ता

309

हाम्रो भान्सामा प्रयोग हुने लगभग हरेक सागसब्जी, मसला तथा अन्य सामग्री अद्भूत औषधीय गुणहरूले भरिपूर्ण हुन्छ । यिनै सामग्री मध्य एक तेजपत्ता हो । विशेषगरी तेजपत्ता खानालाई स्वादिष्ट बनाउनको लागि प्रयोग गरिन्छ तर यसको औषधीय गुणले जोर्नी र टाउको दुख्ने समस्याको चमत्कारिक उपचार हुन्छ ।

तेजपत्ताको प्रयोगले हाम्रो शरीरको रोग-प्रतिरोधक क्षमता बढाउन मद्दत गर्छ । साथै नर्भस सिस्टम(nervous system)लाई निकै आराम पुर्याउँछ । तनाव, चिन्ता तथा अन्य मानसिक समस्याहरूबाट छुटकारा दिलाउन तेजपत्ता अत्यन्त प्रभावकारी हुन्छ । दुखाईको उपचारमा तेजपत्ताको तेल निकै लाभकारी हुन्छ ।

कसरी तेजपत्ताको तेल तयार गर्ने? २५० ग्राम ओलिभ ओयलमा ३० ग्राम तेजपत्तालाई भिजाएर राख्नुहोस् । अब यस मिश्रणलाई एक बोतलमा भरेर दुई हप्ताको लागि कुनै अँध्यारो ठाउँमा राख्नुहोस् । दुई हप्ता पछि यस तेललाई कपडामा छानेर दोस्रो भाँडामा राख्नुहोस् । अब कुनै पनि समय दुखाई महसूस भएमा यो तेल लगाउनुहोस् ।

अन्य फाइदा- जोर्नी र टाउको दुख्ने समस्यामा तेजपत्ताको अद्भूत फाइदाको साथै यसको अन्य फाइदा छन्, जुन यसप्रकार उल्लेख गरिएको छ ।१-टाउको दुख्ने, ज्वरो आदिमा प्रयोग गरिने औषधी एस्पिरिनको सट्टामा तेजपत्ताको प्रयोग गर्न सकिन्छ । यसले दुखाई निवारकको रूपमा काम गर्छ ।

२- यो पेट दुख्ने समस्याको लागि लाभकारी हुन्छ । साथै यो भोक बढाउन मद्दतगार हुन्छ ।३-त्वचा सम्बधि कुनै पनि समस्या जस्तै:- डन्डीफोर, दाग-धब्बा आदि तेजपत्ताको तेलको मद्दतले निको पार्न सकिन्छ ।४-यसले मस्तिष्क सक्रियतालाई बढाउने काम गर्छ र शरीरको हानिकारक पदार्थलाई पसिनाको माध्यमले बढी भन्दा बढी बाहिर निकाल्न मद्दत गर्छ ।

Comments are closed, but trackbacks and pingbacks are open.