बैज्ञानिकहरुको अहिले सम्मकै ठुलो सफलता, कृत्रिम मुटु निर्माण गर्न सफल

96

इजरायलका वैज्ञानिकहरुले कृत्रिम मुटु निर्माण गर्न सफल भएका छन् । उनिहरुले भर्खरै मात्र त्रिआयामिक थ्रीडी प्रिन्टिङ प्रविधिको मद्दतबाट कोशिका र धमनीसहितको मुटु निर्माण गर्न सफलता भएका हुन् ।

चिकित्सा विज्ञान क्षेत्रमा यसलाई एक महत्वपूर्ण खोजका रुपमा लिएको छ । किनकी यसअघि वैज्ञानिकहरुले मानव शरीरको कोषहरु मात्र बनाएका थिए । तर अहिले मानव शरिरकै अत्यान्तै महत्वपूर्ण अङ्ग मुटु बनाउन सफल भएका छन् । अयअघि यसमा धमनी राख्न सकेका थिएनन् । यसको खास विशेषता भनेको यसलाई मानव कोशिकाहरुबाट बनाइएको छ ।

इजरायलको तेल अभिव युनिभर्सिटीका अनुसन्धानकर्ताहरुले बनाएको यो मुटु अहिले नै पूर्णरुपमा काम गर्न भने सक्षम छैन । यद्यपि, पहिलोपटक वैज्ञानिक थ्रीडी प्रविधिबाट कृत्रिम मुटु बनाउने दिशामा यति नजिक पुगेका हुन् । यो समाचार एजेन्सीको सहयोगमा नेपाल समाचारपत्र दैनिकले छापेको छ ।

Comments are closed, but trackbacks and pingbacks are open.