यो हो संसारकै सबैभन्दा महँगो हिरा, मूल्य कति ?

106

काठमाडौंः एक दुर्लभ गुलावी हिरा ५० मिलियन डलरमा विक्रि भएको छ । यो प्रतिक्यारेट मूल्यको हिसाबले विश्व रेकर्ड हो । ‘पिङ लेगेसी’ नामको यो हिरा केवल १९ क्योट गह्रौं छ ।

यसलाई अमेरिकी ब्रेन्ड ह्यारी विन्स्टनले जेनेभामा लिलामीमा खरिद गरेका हुन् । क्रिस्टिज अक्शन हाउसको यूरोप प्रमुखका अनुसार यो हिराको प्रति क्यारेज मूल्य १९ करोड रुपैंया छ, जो एक विश्व रेकर्ड हो । यो हिराको लिलामी सुरु भएको पाँच मिनेट भित्रै खरिद गरिएको थियो ।
यो हिरा डि वियर्स कम्पनी चलाउने ओहाइमर परिवारको सम्पत्ति थियो । क्रिस्टिज अक्शन हाउसका इन्टरनेशनल हेड अफ जुलरी राहु कडाकियाका अनुसार यो संसारको सबैभन्दा शानदार हिराकोरुपमा चिनिन्छ ।

यसको गुलाबी रंग एक क्यारेटमा समेत सजिलै देखिने र करिब १९ क्यारेटको हिरा पुरै गुलावी रहेको र अविश्वसनिय भएको उनको भनाई छ । यसलाई रंगको सबैभन्दा उच्च श्रेणी ‘फेन्सी विविड’मा राखिएको छ । यो हिरा दक्षिण अफ्रिकामा सय बर्ष पहिला भेटिएको थियो । १० क्यारेट भन्दा बढीको फेन्सी विविड हिरा निकै दुर्लभ रहेको बताइन् छ ।

यसले प्रति क्यारेट मूल्यका हिसाबले पछिल्लो रेकर्ड समेत तोडेको छ । नोभेम्बर २०१७ मा ८.४१ करोडको गुलाबी हिरा हङकङमा करिब १५ करोड रुपैंया प्रतिक्यारेटका हिसाबमा बिक्रि भएको थियो ।

Comments are closed, but trackbacks and pingbacks are open.