फोरम र नयाँ शक्तिबीच बैशाख २३ गते पार्टी एकता घोषणा हुने, यादव र भट्टराई दुवै अध्यक्ष रहने

71

काठमाडौँ , १९ बैशाख । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम र डाक्टर बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीबीच एकता हुने भएको छ ।

उपप्रधानमन्त्री समेत रहेका यादवको फोरम र पूर्वप्रधानमन्त्री तथा नयाँ शक्तिकाबीच वैशाख २३ गते एकता घोषणा हुने भएको हो ।

नयाँ शक्ति निकट स्रोतका अनुसार वैशाख २० गते नयाँशक्ति पार्टीको सचिवालय बैठक बसेर एकताबारे निर्णय गर्नेछ । सचिवालयको निर्णय २१ केन्द्रीय समितिमा अनुमोदनका लागि लगिनेछ । २१ गते नै संघीय समाजवादी फोरमको केन्द्रीय समिति बैठकले नयाँ शक्तिसँग एकताको कार्यविधि पास गर्ने तयारी रहेको स्रोतको दाबी छ ।

२२ गते बाँकी काम पूरा गर्ने र २३ गते राष्ट्रिय सभागृहमा एकता घोषणा कार्यक्रम आयोजना गर्न लागिएको नयाँ शक्तिका एक नेताले बताए ।

भट्टराई र उपेन्द्र यादव दुवै अध्यक्ष रहने गरेर पार्टी एकता गर्ने तयारी रहेको छ । तर वरिष्ठताका आधारमा भट्टराई अगाडि रहनेछन् ।

Comments are closed, but trackbacks and pingbacks are open.