अस्ट्रेलीया पठाएका छोरा छोरीबाट पैसाको आश नराख्दा हुन्छ

2,069

छोरा छोरी अस्ट्रेलीया गए महिना दिनमा ड्याङड्याङी पैसा पठाई हाल्छन् नि भनेर मिठा सपना नदेख्दा हुन्छ अव। पाँच दश बर्ष अगाडी गएका भाई बहिनीहरुले पैसा पठाए जस्तो सजिलो पनि छैन अव पैसा कमाएर जोगाउन अनि अझ महिनै पिच्छे पठाउन।छोरा छोरीलाई अस्ट्रेलीया पठाउन पाए के के न हुन्छ भन्ने दिन पनि छैन अव। पहिलो कुरा त न कामको ग्यारेन्टी हुन्छ आउने बित्तीकै पाउनलाई। दश जनालाई भन्दा भन्दा, बिभीन्न पेजमा राखेका कामका सुचनाहरु पछ्याउदा पछ्याउँदै महिनौ बित्छ तर अहँ काम पाईदैन। नेपालबाट ल्याएको पैसो सकिन्छ, साथीभाईसँग मागेको सापटी सकिन्छ तर अहँ काम पाईन्न।

काम खोजेर के यसो शुरु गरिएको हुन्छ कलेजलाई फी तिर्ने बेला आई सक्छ।
काममा अलिक धेरै घण्टा हानेर पैसा बनाउन त भन्यो फेरी फेसबुकका भित्ता भरि बिस घण्टा भन्दा बढि काम गर्नेलाई समाएको पोस्टले त्यसै अत्ताईदिन्छ। फलानो ठाउँमा रेड हान्यो रे फलानोले यति घण्टा काम गरेको थाहा पाएर समायो रे भनेका खबरले काम धेरै गर्ने जोश पनि हराउँछ। जोश भन्दा पनि यत्तिका दुख गरेर दस जनालाई ज्यु ज्यु गरेर महङ्गो ब्याजदरमा पैसा मागेर आईएको हुन्छ। कदमकदाचित समायो भने त बर्बाद हुने डरले पनि काम गर्न डराउँछन्।बिस घण्टा काम गरेर कसरि पैसा पठाउने। खाएर बस्न त धौ धौ पर्छ।

अष्टेलियाको समुन्द्र किनारमा बसेकी एक युवती ।
मानौ घण्टाको बिस डलर कमाउने भाईले हप्तामा चार सय डलर कमाउँछ र महिनाको सोर्हसय कमाउँछ। अनि नेपालमा बस्नेले सोर्ह सयलाई नेपाली रुपयाँमा कन्भर्ट गरेर अहिलेको भाउँ एक डलर बराबर अस्सी रुपयाँले लगभग एकलाख तीस हजार कमाउँछ भनेर जोर भाग अनि गुण्णन गर्नु भनेको लङ्काको सुनको कल्पनामा डुव्नु जस्तै हो।

सामान्य कोठालाई दुई जनाले शेयर गर्ने हो भने महिनाको कम्तीमा तिन सय देखी तिनसय पचास सम्म पर्छ। त्यो भन्दा पक्कै महङ्गो छ प्राय ठाउँमा। अझ सिड्नीमा बस्नेहरुले त हप्ताको त्यति तिर्छन्। मेल्बोर्नमा भने महिनाको तिन देखी चारसय पर्न सक्छ यदि सेयरीङमा बस्ने हो भने।रासन पनि एकदम पु्याएर खान्छु भन्ने हो भने एकजनालाई दुईसय पचास डलर लाग्छ। कहिले काँही पाटी साथीभाई जमघट भई हाल्छ। पालै पालो खुवाउनै पर्यो। कलेज जाँदा होस् या काममा जाँदा खाजा खानै पर्यो। सधै घरमा पकाएको भात खाजामा कति खाने। यसो बर्गर खाउँ भन्यो भने पनि दश डलर चिप्लिन्छ।

ट्रेनको टिकट पैसा हाल्नै पर्यो। दुई सय त ट्रेनको टिकटमै जान्छ। कतिले केही पैसा जोगाउन ट्रेनको टिकट महिनाको एकमुस्ट लिएलान् यदि उसँग सेभिङ् छ भने। नहुनेले दैनिक टिकट लिन्छन् जुन मासिकको तुलनामा महङ्गै पर्छ। अर्को तिर मोबाईल प्लानमा लिएका हुन्छन्। महिनाको सय डलर भन्दा बढिनै तिर्छन्। कहिलेकाँही नेपालमा गर्ल फ्रेन्ड र ब्वाई फ्रेन्ड हुनेहरुको त ओभर डाटा गएर दुई तिनसय तिर्न पर्छ। ग्याँस, बत्ति र पानीको बिल तिर्नै पर्यो। घरको ईन्टर्नेटको पनि तिर्नै पर्यो। यि त भए तिर्नै पर्ने चिजहरु।

यसका अलावा रमाईलोको लागि पनि केही खर्च छुट्टाउनै पर्यो।कहिले काँही ईभेन्टहरु हुन्छन् गएपछि खानै पर्यो पिउनै पर्यो। सय डलर त्यसै चिप्लिन्छ। साथी भाईसँग लिएको तिरोभरो पनि मिलाउनै परियो। कहिलेकाँही सपीङ पनि गर्नै पर्यो। लौ अब आफै भन्नु होस् पैसा कसरि जोगीन्छ। यसो दुई चार दिन कलेज गए जस्तो लाग्छ सेमेस्टर सकिन्छ। फिको तनाब छुट्टै हुन्छ।

त्यसैले अब अस्ट्रेलीया पठाउन लाग्नु भएका अभिभावकले बुझ्न जरुरी छ कि छोरा छोरीले बिधार्थी भईन्जेल पैसा कमाउँदैनन्। बोरु पैसा ठेल्न सकिन्न भने त नपठाएकै वेश्। फोकटमा आउनेलाई नि तनाब नेपालमा बस्नेलाई नि तनाब।
यो जानकारी हामीले इनेपाल बाट लिएका हौं ।

Comments are closed, but trackbacks and pingbacks are open.