मन्त्री बिना मगर भन्छिन् : ‘उपत्यकाको खानेपानी समस्या समाधान गरेरै छाड्छु’ (पुरा विवरण हेरी शेयर गर्नुहोस्)

89

काठमाडौं । खानेपानी मन्त्री बिना मगरले काठमाडौं उपत्यकामा खानेपानीको समस्या हल गर्न योजनाबद्ध ढंगले लागिरहेको बताउनुभएको छ ।
काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड (भ्याली बोर्ड) को १४ औं वार्षिकोत्सव समारोहलाई उद्घाटन गर्दै खानेपानी मन्त्री मगरले उपत्यकामा खानेपानीको आपूर्ति व्यवस्था सहज बनाउन गम्भीर भएर लागेको बताउनुभएको हो ।

मन्त्री मगरले भन्नुभयो, ‘मेलम्चीको समस्या धेरै दिन रहँदैन । काठमाडौंमा मेलम्चीको पानी ल्याउने मात्रै ठूलो कुरा होइन । यसको वितरण र व्यवस्थापन गर्नुपर्ने सबैभन्दा ठूलो चुनौति छ, यसका लागि मन्त्रालय अन्तर्गतको बोर्ड, केयुकेएल र आयोजना कार्यान्वयन निर्देशनालय (पिआईडी) लगायतका निकायहरु लागिरहेका छन् ।’

जनताको अपेक्षा धेरै भएकाले सबै जनतालाई प्रशोधन सहित खानेपानीको पहुँच पु–याउन मन्त्रालय योजनाबद्ध ढंगले अघि बढिरहेको उहाँले बताउनुभयो ।
भ्याली बोर्डले गरेको काम प्रति प्रशंसा गर्दै मन्त्री मगरले बोर्डलाई अझ सशक्त ढंगले अघि बढ्न निर्देशन समेत दिनुभयो । वार्षिकोत्सव समारोहमा बोर्डको परिसरमा रहेको पोखरीमा माछा हालेर र बेलुन उडाएर उहाँले कार्यक्रमको उद्घाटन गर्नुभएको थियो
कार्यक्रममा खानेपानी मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले सन् २०३० सम्ममा प्रशोधन सहितको उच्च र मध्यमस्तरको खानेपानीको सेवा ९० प्रतिशत पु(याउन सरकार लागिरहेको जानकारी दिनुभयो ।

सचिव शर्माले भन्नुभयो, ‘उच्च र मध्यमस्तरको खानेपानीको सेवा २० प्रतिशतले मात्रै पाइरहेका छन् । दीगो विकासका लक्ष्यहरु पुरा गर्नुपर्ने दायित्व हामीसँग छ ।
९० प्रतिशत जनतालाई प्रशोधनसहित खानेपानीको पहुँच पु–याउन खर्बौं रुपैयाँ लगानी गर्नुपर्ने आवश्यकता छ ।

हामी योजना बनाएर अघि बढिरहेका छौं ।’ भ्याली बोर्डका अध्यक्ष एवं मन्त्रालयका सहसचिव तेजराज भट्टले काठमाडौं उपत्यकामा खानेपानी तथा ढल व्यवस्थापनका लागि गुरु योजना बनाईरहेको जानकारी दिनुभयो ।
उपत्यका भित्र रहेका पोखरी, ढुंगेधारा र तालतलैयाहरुको संरक्षण र सम्बद्र्धनका लागि बोर्ड योजना बनाएर अघि बढिरहेको सहसचिव भट्टले बताउनुभयो ।

Comments are closed, but trackbacks and pingbacks are open.